संचार माध्यम सवल भएमा मात्र लोकतन्त्र मजबुद हुन्छः ढकाल

बागलुङ, ३ असोज
नेपाल सुचना तथा संचार सहकारी संघका केन्द्रिय अध्यक्ष बिष्णुहरि ढकालले संचार माध्यम सवल भएमा मात्र लोकतन्त्र मजबुद हुने बताउनुभएको छ ।
बागलुङ जिल्लाको भीमापोखरा स्थित गुहेली सँचार सहकारी संस्थाको दशौ बार्षिक साधारणसभा तथा चोथौ अधिवेसनको उद्घाटन गर्दै ढकालले उक्त कुरा बताउनुभएको हो । dsc08682
उहाँले संचार माध्यमको दिगो बिकासका लागि सहकारी नै उपयूक्त हुने भएकाले सहकारीको बिकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका सचिव युक्तप्रसाद कंडेल, समाजसेवी कृष्ण केसी, आदर्श संचार सहकारी संस्थाका अध्यक्ष अमरबहादुर थापा, सिम्रीक कृषि तथा पशुपालन व्यवसायीक सहकारी संस्थाका अध्यक्ष मणीभद्र शर्मा, भिमापोखरा महिला हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उमादेवि केसी र पत्रकार नविन शिशिर बिकले मंतव्य व्यक्त गर्नुभएको थियो ।
dsc08732उक्त अवसरमा समाजिक, राजनैतिक, शैक्षिक तथा संचार क्षत्रमा योगदा पु¥याएको भन्दै कृष्ण केसी, युक्तप्रसाद कडेल, चन्द्रमणी उपाध्याय, तुलसीनाथ गौतम, नविन शिशिर बिक, चन्द्रबहादुर थापा र टिकाबहादुर कार्कीलाई सम्मान गरिएको थियो । यस्तै बालबचतमा उत्कृष्ट वचतकर्ता भन्दै सरु थापा मगरलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।dsc08740

कार्यक्रम संस्थाका अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षता, चित्रबहादुर कार्कीको स्वागत र सचिव सूर्यबहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।

dsc08746

dsc08751

dsc08756