बागलुङ, ३ असोज
गुहेली सञ्चार सहकारी संस्था लिमिटेड भीमापोखराको सोमबार सम्पन्न दशौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले पुनः खिम बहादुर कार्कीको अध्यक्षतामा ११ सदस्य नयाँ संचालक समिति चयन गरेको छ ।
अधिवेशनबाट संस्थाको उपाध्यक्षमा खिमा पौडेल, सचिवमा सूर्य बहादुर थापा मगर र कोषाध्यक्षमा प्रसाद थापा मगर रहनुभएको छ ।
यस्तै अधिवेसनले सदस्यहरुमा नविन शिशिर बिक, रमेश पौडेल, चित्रबहादुर कार्की, कुलराज गौतम, चित्रबहादुर सुनार र पार्वती शर्मा रहनुभएको छ ।
यस्तै अधिवेशनले लोकेन्द्र पौडेलको संयोजकत्वमा २ सदस्य लेखासमिति चयन गरेको छ । समितिको सदस्यहरुमा उमादेवि केसी र सिता शर्मा रहेका छन् ।