एमाले जिल्ला कमिटी अधिवेशन एक महिना पछाडी धकेलियो मंसिर २५ देखि २७ सम्म एमाले अधिवेसन हुने

बागलुङ, २ असोज
नेकपा एमालेको ८ औं जिल्ला अधिवेसन आगामी मंसिर २५ देखि २७ गते सम्म बागलुङ बजारमा हुने भएको छ ।
एमाले जिल्ला कमिटिको १२ औं बैठकले अधिवेसन सम्पन्न गर्नका लागि ९ वटा बिषेश क्षेत्र तथा उपसमिति पनि गठन गरिसकेको प्रचार बिभाग प्रमुख रामकृष्ण शर्माले जानकारी दिनुभयो । शनिवार सकिएको बैठकले बागलुङ क्षेत्रको अधिवेसन सक्नका लागि धु्रव केसीको संयोजकत्वमा विशेष समिति गठन गरेको छ ।
त्यस्तै अक्षेते क्षेत्रको लागि टिकाराम सापकोटा, बलेवा क्षेत्र र बिनामारे क्षेत्रका लागि भूपाल चालिसे, घुस्मेली क्षेत्रका लागि संजय श्रेष्ठ, गलकोट क्षेत्रका लागि गोविन्द गौतम, खरवाङ क्षेत्रको संयोजकमा बिष्णु भुषाल, झिवाखोला क्षेत्रमा टंक पौडेल, बाटाकाचौरमा सावित्रा राना र बुर्तिवाङ क्षेत्रका लागि दलबहादुर घर्तीलाइ संयोजक तोकिएको छ ।
जिल्ला अधिवेसन सम्पन्न गर्नका लागि असोज २६ देखि कात्तिक ६ गते सम्म संगठन सुदृढीकरण अभियान संचालन गर्ने, कात्तिक ६ गतेनै अवधि पुगेका सबै गाविस र नगरपालिकाको वडा अधिवेसन सम्पन्नगर्ने समेत निर्णय गरिएको हो । यस अघि एमालेको गाउँ र नगरको अधिवेसन एकैपटक नभइ फरक फरक समयमा हुने गरेको थियो ।
जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न बैठकले अधिवेसनका लागि मंसिर १८ गते प्रतिनिधि छनौट गरिसक्ने र अधिवेसन उद्घाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाइ बोलाउने निर्णय गरेको हो ।
अधिवेसनका लागि श्रीप्रसाद शर्माको अध्यक्षतामा मूल व्यवस्थापन उपसमिति गठन गरिएको छ । त्यस्तै बिष्णु भुषालको अध्यक्षतामा प्रतिनिधि व्यवस्थापन उपसमिति, डिल्लीराज गौतमको अध्यक्षतामा जनपरिचालन उपसमिति गठन भएको छ ।
त्यस्तै हल मंच व्यवस्थापन उपसमितिमा धु्रव केसी, खाद्य तथा आवासको व्यवस्थापनका लागि गोविन्द गौतम, अतिथी सत्कारका लागि सावित्रा राना, यातायात व्यवस्थाका लागि संजय श्रेष्ठ, प्रचारप्रसारका लागि रामकृष्ण शर्मा, स्वयंसेवक परिचालनका लागि भरत पुरी र सास्कृती प्रस्तुतीकरणका लागि अञ्जु जिसी संयोजक र बैठकुण्ड सापकोटा सचिव रहेको उपसचिव गठन भएको शर्मा दिनुभयो ।