कालीगण्डकी नदीबाट बालकको उद्धार

पर्वत, १ असोज
शनिबार विहान कालिगण्डकी नदीमा पौडी खेल्न गएका एक बालकको प्रहरी र युवाहरुको सक्रियतामा उद्धार गरिएको छ । पर्वत फर्सेका १२ बर्षिय समिर थापालाई नदीको ढुंगामा बसेर रोइरहेको अवस्थामा सर्वसाधारणले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
कालिपुल, पर्वत बेनी र यूवाहरुले उद्धार गरिएका थापालाई मिलन चोक प्रहरीको जिम्मा लगाइएको पर्वत प्रहरी चौकीका जवान होम बहादुर नेपालीले बताए । ‘ विहान खोला सानो भएकाले त्यहाँ पुगेजस्तो देखिन्छ । फर्कने बेलामा पानीको सतह बढेपछि रोकिए’ उनले भने । पर्वत माझँफाट–३ मा पर्ने भएकाले म्याग्दी प्रहरीले समन्वय गरेको थियो । तस्विर धिरन खत्री
अझैपनि कालिगण्डकीमा जोखिम मोलेर दाउरा संकलन गर्न जानेहरुको कमी आएको छैन । विहानको समयमा घटेको खोला दिउसो एक्कासी बढ्ने गरेकाले पनि सतर्कता अपनाउन प्रहरीले अनु्रोध गरेको छ ।