प्रगतिशिल बहिरा बालक्लवद्वारा पोसिलो खाना तथा फलफूल वितरण

बागलुङ, २७ भदौ
धौलागिरी बहिरा आवासीय माध्यमिक विद्यालय बागलुङमा गठिन प्रगतिशिल बहिरा बाल क्वलले आज धौलागिरी अंचल अस्पतालमा रहेका विरामीहरुलाई पोसिलो खाना तथा फलफूल वितरण गरेको छ ।
बाल दिवसको पूर्वसन्ध्यामा बालक्लवले अस्पतालका २५ जना विरामीलाई मासु, दुध तथा फलफूल वितरण गरेका हुन । कार्यक्रममा बोल्दै अंचल अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सागर राजभण्डारीले बहिरा बालबालिको उपचारमा अंचल अस्पतालले विशेष ध्यान दिने बताउनुभएको थियो ।
आवश्यकता अनुसार अस्पतालका चिकित्सवहरु विद्लयमा पुगेर स्वास्थ्य परिक्षण तथा उपचार गर्ने बताउँदै डा.राजभण्डारीले अबको एक दुई महिनाभित्र विद्यालसँग सम्झौता गरेर उपचार सेवा विस्तार गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य केवी राना मगर, प्रधानध्यापक मधुसुदन निउरे, क्लवका सल्लाहकार विष्णुप्रसाद शर्मा, बागलुङ बहिरा संघका उपाध्यक्ष लवकुश शर्मा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम क्लवका अध्यक्ष बासु थकालीको अध्यक्षता, कोषाध्यक्ष मनिषा पाठकको स्वागत र सचिव सुजन जिसीको संचालनमा सम्पन्न भएको थियो ।