बागलुङ, २७ भदौ
फ्युचर ब्राईटर उच्च मावि र अमर आदर्श उच्च मावि बागलुङ अमर आदर्श ट्रफि–२०७३ अन्तर उच्च मावि स्तरीय फुटबल प्रतियोगीताको फाईनल प्रवेश गरेका छन ।
आज सम्पन्न सेमिफाईनलका खेलमा फ्युचर ब्राईटररले डिग्नीटी उच्च माविलाई ० का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै फाईनल यात्रा तय गरेको हो ।
पहिलो हाल्फ गोल रहित भएको खेलको दोस्रो हाल्फमा फ्युचर डिग्नीटीमाथि हावी भयो । अधिकांस समय आफुनो पक्षमा बल राखेको फयुचरको जितको लागि क्याम्टेन आषिश केसीले २ र सुमन छन्त्यालले १ गोलको योगदान गरेका थिए ।
आयोजक अमर आदर्श ‘वि’ र भीमसेन उच्च मावि बिहुँबीच भएको अत्यान्त खेलको अतिरिक्त समयमा गोल गर्दै अमर आदर्शले फाईनल प्रवेश गरेको हो । खेलको सुरुवात देखिनै अत्यान्त रोचक बनेको खेलको पहिलो हाल्फको थप सात मिनेटको अतिरिक्त समयमा आदर्शका स्यामुल बोहराले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिएका थिए ।
दोस्रो हाल्फको थप सात मिनेटमा भीमसेनका खेलाडीले फल गरे पछि पेनाल्टी मार्फत आदर्शका असोक खत्रीले गोल गर्दै ० का विरुद्ध २ गोल अन्तरले आदर्श फाईनल चरणमा प्रवेश गरेको शिक्षक कमल पन्तले जानकारी दिनुभयो ।
भोली फ्युचर ब्राईटर उच्च मावि र अमर आदर्श उच्च माविबीचको फाईनल खेल दिउँसो दुई बजे संचालन हुने बताइएको छ ।