खिम बहादुर कार्की
बागलुङ, २५ भदौ
अमर आदर्श आवसिय उच्च माध्यमिक विद्यालय बागलुङको आयोजनामा शुक्रबारदेखि उच्च माध्यमिक विद्यालय स्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ ।
उत्कृष्ट जीवनका लागि खेलकुद भन्ने नाराका सुरु भएको अमर आदर्श स्पोर्टस ट्रफी २०७३ को उद्घाटन जिल्ला शिक्षा कार्यालय बागलुङका जिल्ला शिक्षा अधिकारी विष्णु मिश्रले गरेका थिए । विद्यालयका अध्यक्ष विजयराज पन्तको अध्यक्षता रहेको उद्घाटन समारोहमा बोल्दै जिल्ला शिक्षा कार्यालय बागलुङका जिल्ला शिक्षा अधिकारी विष्णु मिश्रले खेलकुदले विद्यार्थीहरुमा शारिरिक अभ्यास मात्र नभएर चारित्रिक विकास र विद्यार्थीहरुमा अनुशासन पनि पैदा गर्ने बताए ।
उनले खेलकुदले गर्दा विद्यार्थीहरुमा साथीभाईहरुको आत्मीयताको पनि भावना पैदा हुने बताएका थिए ।
उक्त उद्घाटन समारोहको स्वागत विद्यालयका प्रिन्सिपल हेमन्त थापा र सञ्चालन भाइस प्रिन्सिपल कमल पन्तले गरेका थिए ।
शुक्रबारको खेलमा डिग्नीटि र फ्युचरको विजयी सुरुवात
उद्घाटन खेलमा डिग्नीटि उच्च माध्यमिक विद्यालयले अमर आदर्श उच्च माध्यमिक विद्यालय विलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।
डिग्नीटिको जितको लागि खेलको पहिलो हाफको अन्तिम मिनेटमामा कमल शेरचनले गोल गरेका थिए । उक्त प्रतियोगितामा दुवै टोलिबाट धेरै गोलको प्रयास भएपनि थप गोल नहुँदा डिग्नीटि सेमिफाइनलमा प्रवेश गरेको हो ।
यस्तै शुक्रबार नै भएको दोस्रो खेलमा फ्युचर ब्राईटर उच्च माध्यमिक विद्यालयले अमर आदर्श उच्च माध्यमिक विद्यालयलाई ३–० गोलअन्तरले पराजित गरेको छ । पहिलो आफ्ना १ गोल मात्र गरेको फ्युचरले दोस्रो हाफमा २ गोल थपेको थियो ।
फ्युचरका विनोद विसिले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
यस्तै किरण थापाले दोस्रो हाफको २५ मिनेटमा र आशिष केसीले अन्तिम समयमा गोल गर्दै टिमलाई क्वाटरफाईनलमा पु¥याएका हुन ।
फ्युचरले अब सेमिफाईनल प्रवेशको लागि शनिबार न्यू ओएसिस उच्च माध्यमिक विद्यालयसँग प्रतिस्पर्धा गर्ने छ ।
शनिबारको पहिलो खेल कालिगण्डकी उच्च माध्यमिक विद्यालय विरुद्ध अमृत आदर्श उच्च माध्यमिक विद्यालय हुनेछ भने उक्त खेलको विजेताले शनिबार नै भिमसेन उच्च माध्यमिक विद्यालयसँग प्रतिस्पर्धा गर्ने छ । यस्तै शनिबारनै अमर आदर्श उच्च माध्यमिक विद्यालय ए विरुद्ध सनराइज उच्च माध्यमिक विद्यालय विच प्रतिस्पर्धा हुने विद्यालयका भाईस प्रन्सिपल कमल पन्तले जानकारी दिए ।
उक्त प्रतियोगिताको विजेता टिमलाई १२ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेतालाई ६ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्रले पुरस्कृत गरिने भएको छ ।
यस्तै उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उच्च गोलकर्ता, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट किपरलाई विशेष पुरस्कार प्रदान गरिने भाइस प्रिन्सिपल पन्तले बताए । प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन् ।