सुर्य नारायण मन्दिरको शिलन्यास

सुमन जिसी
बागलुङ, २३ भदौ
जिल्लाको तित्याङ गाविस वडा नं ९ मा रहेको आसापुर्णेश्वर शिवालय महादेव मन्दीर परिसरमा सुर्य नारायण मन्दिरको आज शिलन्यास गरिएको छ । मन्दीरको शिलन्यास जेष्ठ नागरिक शिवराज उपाध्यायले गर्नुभएको थियो ।
आसापुर्णेश्वर शिवालय महादेव मन्दीरलाई धार्मिक पर्यटनको गन्तव्य स्थल बनाउने उद्देश्यले तित्याङ वडा नं ९ स्थीतका पौडेल वन्धुहरुले स्व.नन्दराम उपाध्यायको स्मृतीमा रु ३ लाख बरावरको लागतमा उक्त मन्दिर निर्माण गर्न लागेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
मन्दीरलाई पाञ्चायन मन्दिरको रुपमा विकास गर्नका लागि यस पुर्व नै मन्दिर परिसरमा गणेश मन्दिर, लक्ष्मीनारायण मन्दिर, दुर्गा भवानी मन्दिर रहेको र सुर्य नारायण मन्दिर निर्माणका लागि शिलन्यास भएको छ ।
बागलुङ बजारवाट थौरै दुरीमा रहेको जिल्लाकै सवैभन्दा लामो र अग्लो पुल पार गरेपश्चात आउने मन्दिरलाई व्यवस्थती एवं पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि मन्दिर परिसरमा १०८ पिपलका विरुवा रोपीएको छ ।
मन्दिरलाई अझै व्यवस्थीत गर्नका लागि मन्दिर परिसरमा विवाह मण्डप, १०८ शिवलीङ्ग निर्माण, कार्यालयको व्यवस्थापन, पुल देखी मन्दिरसम्म जाने बाटोमा सिढी चिन्ने र बागलुङ बजार वासीले प्रयोग गर्दै आईरहेको यहाँको शुद्ध पिउने पानीलाई धारा बनाई व्यवस्थापन गर्ने योजना रहेको समितिले जनाएको छ ।