बागलुङको सिगाना बागलुङ नगरपालिकामा समावेश हुन माग

बागलुङ, १९ भदौ
संघिय संरचनामा जाँदा बागलुङको सिगाना गाविस बागलुङ नगरपालिकामा समावेश हुन माग गरेको छ ।
जिल्लामा गठित स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले बागलुङलाई दुई नगरपालिका र ६ गाउँ पालिका बनाउँने प्रस्ताव स्थानीय तह पुर्नसंरचना आयोगलाई बुझाए पछि सिगाना गाविसमा विवाद सुरु भएको थियो ।
शनिबार गाविसमा क्रियाशिल सम्पुर्ण राजनैतिक दलहरुको बैठकले जुनसुकै हालतमा पनि बागलुङ नगरपालिकामा समावेश हुनु पर्ने साझा धारण सार्वजनिक गरेका हुन् ।
तिन प्रमुख राजनैतिक दलका प्रमुखहरुद्वारा हस्ताक्षरीत विज्ञप्तीमा सिगाना गाविसलाइ सेवा सुबिधा र पायकको हिसाबले बागलुङ नगरपालिकामा जानु उपयुत भएको विज्ञप्ती मा उल्लेख गरिएको छ ।
नेपालि कागं्रेसका गाविस सभापति छमबहादुर कार्काी, नेकपा एमालेका गाउँ कमिटी अध्यक्ष सुरेश मल्ल, नेकपा माओवादी केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाद्वारा हस्ताक्षरीत विज्ञप्तीमा काँठेखोला गाउपालिकामा समावेश हुँदा संघियताको मर्मनै मेटीने र स्थानीयलाइ कुनै सहजता नआउने उल्लेख गरिएको छ ।
विज्ञपतिमा जिल्लाका सबै सरोकारवाल र स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले बागलुङलाइ प्रस्ताव सच्याउन माग गरिएको छ ।
यता स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी भरत गौतमले अहिले पेश गरिएको प्रस्ताव माथी फेरी पनि स्थानीयको सुझाव अनुसार परीमार्जन गर्न सकिने बताउनुभयो । बागलुङ जिल्लमा सिगाना,पैयुन्थन्थाप र रांखानीमा केही विवाद देखिएकाले स्थानीयको जनचाहना अनुसार नै परीमार्जन गर्न प्रयत्न गरिने बताउनुभयो ।