बागलुङ जिल्लाको पुनसंरचना प्रस्ताव दुई नगरपालिका, छ गाउँपालिका निर्माण गर्ने प्रस्ताव

नवीन शिशिर
बागलुङ, १८ भदौ
संघीय संविधानको मर्म अनुसार बागलुुङ जिल्लामा दुई नगरपालिका र ६ गाउँपालिका कामय रहने गरी नयाँ संरचना प्रस्ताव गरिएकोे छ ।
स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समिति बागलुङले विभिन्न राजनीतिक दल, जनसंख्या, भौगोलिक सुगमता लगायतका विषयलाई आधार मानी बागलुङको पुनसंरचना प्रस्ताव आयोगमा पठाइएको छ ।
प्रस्तावित पुनसंरचना अनुसार बागलुङ नगरपालिका, गलकोट नगरपालिका, काठेखोला गाउँपालिका, जैमुनी गाउँपालिका, बरेङ गाउँपालिका, बडिगार्ड गाउँपालिका, ढोरपाटन गाउँपालिका र निशीखोला गाउँपालिका रहेका छन ।
जिल्ला विकास समिति बागलुङका स्थानीय विकास अधिकारी भारत गौतमका अनुसार बागलुङ नगरपालिकामा हाल कायम रहेका वडा समित नारायणस्थान, पैयुपाटा,अमलाचौर, भकुण्डे, तित्याङ्ग र मालिका गाविस थप गरिएको छ । बानपामा ५१ हजार ५ सय ८१ जनसंख्या कामय रहने बताइएको छ । गाविसको संख्या थप भएकाले बानपामा १२ वटा वडा कायम रहने छन ।
अक्षते सुल्डाडा केन्द्र रहने गरी कामय गरिएको काठेखोला गाउँपालिकामा भीमापोखरा, विहुँ, धम्जा, पाला, रेश, सिगाना, तग्राम र लेखानी गाविस समावेश गरिएको छ । उक्त गाउँपालिकामा ३० हजार जनसंख्या कायम रहने छन ।
हरिचौर, हटिया, रिघा, पाण्डवखानी, मल्म, काँडेवास, नगरेठाँटी, दुदिलाभाटी, तारा, अर्गल, हिल र अमरभूमी गाविसलाई एकीकृत गरी प्रस्ताव गरिएको गल्कोट नगरपालिकाको केन्द्र हटिया हरिचौरको मध्य भाग मजुवा बजारलाई प्रस्ताव गरिएको छ । जहाँ ४४ हजार ७ सय ६ जना संख्या बसोवास गर्ने छन ।
भीमठिगे, दर्लिङ, रणसिंह किटेनी, सिसाखानी, ग्वालीचौर, दगातुनडाडा समावेश बर्डिगार्ड गाउँपालिकाको ग्वालीचौर खमडाडामा केन्द्र प्रस्ताव गरिएको छ । सो गाउँपालिकामा २० हजार ९ सय ६ जनसंख्या रहने स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समिति बागलुङका सदस्य सचिव इश्वर शाक्यले जानकारी दिनुभयो ।
यस्तै, निसी, बोहरागाउँ, देवीस्थान, राजकुत गाविस समावेश निसी गाउँपालिकाको केन्द्र झिँवाखोला तोकिएको छ । सो गाउँपालिकामा २३ हजार २३ जनसंख्या रहने छन । बुर्तिवाङ्ग बजार केन्द्र रहने गरी तयार गरिएको ढोरपाटन गाउँपालिकामा अधिकारीचौर, बोवाङ्ग, बुर्तिवाङ्ग, तमान, खुङ्गा, खुङखानी बोङ्गगादोभान गाविस रहेका छन । सो गाउँपालिकामा ३६ हजार ८ सय ७६ जनसंख्या रहने छन ।
कुश्मीसेरा बजारमा केन्द्र रहने गरी तयार गरिएको जैमुनी गाउँपालिकामा रायडाडा, दमेक, कुश्मीसेरा, सर्कुवा, विनामारे, अर्जेवा, छिस्ती र जैदी गाविस समावेश गरिएको छ । सो गाउँपालिकाको जनसंख्या २७ हजार २८ रहने बताइएको छ । सुखौरा, बाटाकाचौर, हुग्दीशिर, बरेङ्ग, धुल्लुबाँस्कोट, पैयुथन्थाप र राङखानी गाविसलाई एकीकृत गरी प्रस्ताव गरिएको बरेङ्ग गाउँपालिकाको केन्द्र बरेङ्ग बजार रहने छ । सो गाउँपालिकमा २१ हजार ८ सय ७९ जनसंख्या कामय रहने छन ।
प्रस्तावित पुनसंरचना निर्माणको गर्दा जनसंख्या, पूर्वधार विकास, पहुँच र पाही, स्थानीयको सुझाव, राजनीतिक दलको सुझाव तथा राय अनुसार पुनसंरचना प्रस्ताव गरिएको सदस्य सचिव शाक्यको भनाई रहेको छ ।
नयाँ प्रस्तावमा नेपाली काग्रेस, नेकपा माओवादी क्रान्तिकारी र संघीय समाजवादी पार्टीले केही फरक मत जाहेर गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत अन्य राजनीतिक दलहरुले भने प्रस्ताव स्वीकार गरेका छन ।
नेपाली काग्रेसले हाल कामय रहेका १३ इलाकालाई गाउँपालिका निर्माण गर्न प्रस्ताव गरेको छ ।