अनुहारमा चाँयापोतो आउने कारण र रोक्ने उपाय

अनुहारमा चाँयापोतो आउनुका विशेष गरि तीन चार कारण छन् । सबैभन्दा पहिलो सामान्य तर प्रमुख कारण घाम हो । अर्को कारणमा गर्भावस्थामा पनि चाँयापोतो आउँछ जससलाई कोलाज्मा भनिन्छ । अन्य कारणले आउने चाँया पोतोलाई मेलाज्मा भनिन्छ ।
हर्मोनको प्रयोग र शरीर भित्रका कमजोरीले पनि चाँया पोतो आउँने गरेको अध्ययनले पुष्टि गरिसकेको छ ।
महिलाहरुमा गर्भनिरोधक चक्की पिल्स, नरप्लान्ट वा कन्ट्रासेप्टहरूको प्रयोगले चाँया पोतो आउने हुन्छ । चाँयापोतोबाट बच्नको लागि सर्वप्रथम अनुहारलाई घामबाट बचाउन सक्नुपर्छ ।
महिलामा विशेष कारणहरु जस्तै महिनावारी रोकिने बेलामा बढी हर्मोनको अन्तर भएर आउँछ । त्यही समयमा चाँयाहरु आउन सक्छ । त्यसैगरी पाठेघरको समस्याले गर्दा पनि चाँया आउँछ ।
तसर्थ चाँयापोतोको कारण पत्तालगाएर त्यसको उपचार गरेमा अनुहारमा आउने चाँयापोतोलाई रोक्न सकिन्छ ।
चाँया हटाउने उपाय विभिन्न छन् । औषधिको प्रयोग, केमिकल पिलिङ्ग र लेजर प्रविधिबाट चाँयालाई हटाउन सकिन्छ । भित्री छालाको पत्रमा हुने चाँया र माथिल्लो पत्रमा हुने चाँया गरि यी दुई प्रकारको हुन्छ ।
छालाको माथिल्लो पत्रमा हुने चाँया सजिलै औषधिहरूबाट निको हुन्छ तर छालाको तल्लो पत्रमा हुने चाँया औषधिबाट निको हुन समय लाग्छ ।
यसको लागि लेजर प्रविधि अपनाउनु पर्छ । यसका साथै सन ब्लकको प्रयोग पनि चाँयाबाट बच्न सकिने उत्तम उपाय हो ।

२०७३ भदौ १० गते प्रकाशित

1 टिप्पणी

  1. यो समस्या मेरो घर को सदस्य लाइ पनि देखियको छ ।बिगत ३बर्स देखी । र यस्लाइ हटाउनको लागी धेरै जना सङग सल्लाह मागे ।तर ।कसैले भने रगत बिग्रेर हो ।रगत सफा गर्यो भने थिक हुन्छ ।तर रगत सफा गर्दा गर्व नरहने पनि हुन्छ ।भन्छन ।त्यही भयर म दोधर मा परेको छु ।कृपया के येस्तो हुन्छ ।त ?

Comments are closed.