बन्दागोभीको पात प्रयोग गर्नुस्, धेरै रोग भगाउनुस्

बन्दागोभीको पातले स्वास्थ्यलाई धेरै प्रकारबाट फाइदा पु-याउँछ । बन्दागोभीलाई विभिन्न परिकारमा प्रयोग गरिन्छ । रोगहरूलाई टाढा राख्नको लागि यो उपयोगी हुन्छ । बन्दागोभीको पातबाट हुने फाइदाहरूको बारेमा थाहा पाउनु भयो भन्ने तपाईँलाई आश्चर्य लाग्नसक्छ । यसको पातबाट धेरै रोगहरूको उपचार हुन्छ । जानिराखौं बन्दागोभीको पातबाट स्वास्थ्यमा पुग्ने फाइदाहरू :
सुन्निने : हात खुट्टा जस्ता ठाउँमा घाउ भएर सुन्निएको छ भने बन्दागोभीको पात लाभदायक हुन्छ । सुन्निएको ठाउँमा ताजा गोभीको पातले राम्ररी छोप्ने र छोपेको ठाउँमा कुनै पट्टि वा ब्यान्डेज लगाउनाले बिस्तारै सुन्निएको कम हुँदै जान्छ ।
बारम्बार टाउको दुख्ने : हिजोआज टाउको दुख्ने सामान्य कुरा जस्तो भइसक्यो । प्रायः थकाइ र चिन्ताको कारणले पनि टाउको दुख्ने गर्छ । बन्दागोभीको पातले टाउको दुख्ने समस्याको उपचार हुन्छ । रातिको समयमा सुत्ने बेला बन्दागोभीको पातलाई टाउकोमा राखेर टोपी वा अन्य केही चिजले बाँधेर सुत्नुहोस् र बिहान उठेपछि यसबाट हुने फाइदा र आनन्दको आफै अनुमान लगाउनुहोस् ।
स्तनपानको कारणले हुने दुखाइ : धेरै महिलाले शिशुलाई स्तनपान गराइसकेपछि दुखेको महसुस गर्छन् । स्तनपानको दुखाइ कम गर्नका लागि बन्दागोभीको पात निकै नै फाइदाजनक हुन्छ । स्तनपान गराइसकेपछि स्तन दुखेमा बन्दागोभीको ताजा पातलाई स्तनमा दुखाइ कम नहुन्जेलसम्म राख्नुपर्छ । यो तरिका अपनाउँदा महिलाहरूलाई धेरै फाइदा हुन्छ ।
थाइरोइड ग्रन्थी : थाइरोइड ग्रन्थी घाँटीको तल्लो भागमा हुने गर्दछ । यो ग्रन्थीले पाचन प्रणालीको लागि हर्मोनहरू बनाउने काम गर्छ । यो ग्रन्थीको कार्यलाई सही र सुचारु बनाउनका लागि राति सुत्ने बेलामा बन्दागोभीको पातलाई घाँटीमा छोपेर सुत्नाले धेरै फाइदा पु-याउँछ ।

बिहीवार ९ भदौ २०७३ मा प्रकाशित