निशा चिनियाँ खेलाडीसँग पराजित

काठमाडौं, ४ भदौ
नेपालकी निशा रावल रियो ओलम्पिकमा २-० अंकले चिनियाँ खेलाडी सुयिन झिङसँग पराजित भएकी छिन् ।
रियोको कारिओका एरिना-३ मा शनिबार राति सम्पन्न खेलमा ६ फिट २ इन्च अग्ली झिङले पहिलो खेलमै निशालाई पराजित गरिन् ।
झिङले १ अंक स्कोरबाट ल्याएकी थिइन् भने अर्को अंक निशाले दोहोरो चेतावनी पाएपछि आफ्नो खातामा दर्ता गराउन सफल भइन् ।