फिफा टिभीले नेपाली फुटबलबारे बनायो भिडियो

काठमाडौं, २ भदौ
फिफा फुटबलले नेपाली फुटबलसँग सम्बन्धित भिडियो बनाएको छ। विश्व फुटबलको सर्वोच्च निकायको फुटबल भिडियो बनाउने टीमले नेपाल भ्रमण गरेर नेपाली फुटबलबारे भिडियो बनाएको हो ।
फिफा टिभीले युट्युबमार्फत नेपाली फुटबलबारे भिडियो सार्वजनिक गरेको हो । नेपाल ‘फुटबल स्टार्स किप ड्रिम्स अलाइभ’ शीर्षकमा बुधबार भिडियो सार्वजनिक गरिएको छ ।
उक्त भिडियोमा राष्ट्रिय टीम तथा त्रिभुवन आर्मीका मिडफिल्डर राजु तामाङ फिचर छन् । उनको व्यक्तिगत र भूकम्पपछिको अवस्थाबारे कुराकानीका आधारमा भिडियो तयार पारिएको छ । यस्तै, राष्ट्रिय टीमका कप्तान अनलि गुरुङलार्य पनि भिडियोमा देख्न सकिन्छ ।