मेस्सीले सन्यास फिर्ता लिए

काठमाडौं, २९ साउन/ स्टार फुटबलर लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टीममा फर्किएका छन् । मेस्सीले सन्यास फिर्ता लिएसँगै उनको नाम वल्र्ड कप क्लवालिफयर टीममा सामेल गरिएको छ । क्यालिफयरमा अर्जेन्टिनाले सेप्टेम्बरमा उरुग्वे र भेनेजुएलासँग खेल्ने छ । मेस्सीले देशको मायाले अर्जेन्टिनाको राष्ट्रिय टोलीमा फर्किएको बताएका छन् ।
अर्जेन्टिनाका प्रशिक्षक एडगार्दो बाउसले बार्सिलोनामा लियोनल मेस्सीसँग भेट गर्दै टीममा र्फकन आग्रह गरेका थिए । विश्वका उत्कृष्ट फुटबलरजूनमा कोपा अमेरिकाको फाइनलमा चिलीसँगको हारपछि भावुक हुँदै सन्याको घोषणा गरेका थिए । चिलीसँगको फाइनलमा पेनाल्टिमा चुकेका मेस्सी नेतृत्वको अर्जेन्टिनाको ४ पटक फाइनल भिडन्तमा पराजित भएको थियो । मेस्सीले भने, ‘फाइनलको रात मैले सन्यासका बारेमा धेरै सोचे । मेरो देश र जर्सीसँग मेरो माया बढी धेरै छ ।’
२९ वर्षीय मेस्सी अर्जेन्टिनाका सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । उनले १३३ खेलमा ५५ गोल गरेका छन् । मेस्सीले अर्जेनिटिनी फुटबलमा धेरै विषय ठिक गर्नुपर्ने भन्दै आफू टिममा बसेर नै यो सबै गर्न चाहेको बताए । २००८ मा बेजिङ ओलम्पिकमा अर्जेन्टिनालाई स्वर्ण जिताउनु नै मेस्सीको अन्तराष्ट्रिय स्तरको एक मात्र उपलव्धि हो ।