बाढी पहिरो पीडितलाई तत्काल पुर्नवास गर्न जनमोर्चाको माग

बागलुङ, २७ साउन
राष्ट्रिय जनमोर्चा बागलुङले पश्चिम क्षेत्रमा भएको बाढी तथा पहिरोको स्थलगत अवलोकन गरी बस्तु स्थिती सार्वजनिक गरेको छ ।
साउन १० र ११ गते परेको अविरल बर्षासंगै आएको बाढी पहिरोले बिभिन्न गाविसमा पु¥याएको जनधनको क्षतीको स्थलगत निरीक्षण र तत्काल राहत बितरणका लागि गएको टोलीले त्यहाँको समग्र बस्तुस्थितीको बिवरण पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
सांसद मिना पुनको नेतृत्वमा गएको टोलीले त्यहाँको स्थलगत निरीक्षण गर्नुका साथै अधिकारीचौर, दर्लिङ, राजकुत, बोंगादोभान, बुर्तिवाङ, भिमगिठे, बोहरागाँउ, देविस्थान, निसी र बोवाङ गाविसका १ सय ४ घरपरिवारलाई ४ लाख ५० हजार रुपैया बितरण गरेको राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुङ्गानाले बताउनुभयो ।
बाढी पहिरोमा परि मृत्यू भएका दर्लिङका ४ र राजकुतका २ जनाको परिवार तथा घर पूर्ण रुपमा क्षती भएकालाई ५ हजारका दरले र आंशिक तथा बिस्तापित परिवारलाई ३ हजारका दरले बितरण गरेको हो । राज्यको तर्फवाट प्याकेजका कार्यक्रम, पिडितहरुको पुर्नवास, क्षती पुगेका पूल, बाटो, बिद्यालय, बिद्युत आयोजनाको निमार्ण तत्कालको आवश्यकता रहेको टोलीले जनाएको छ ।
जनमोर्चाले क्षती पुगेका सवै भौतिक संरचनाको पुर्न्निर्माण, तटबन्ध, क्षतीपूर्ति बितरण तथा राहत संकलन एव सान्तवना आवश्यक रहेको जनाएको छ । बाढी पहिरोले उक्त क्षत्रमा ६ जनाको मृत्यु, प्रहरी चौकी सहित ८८ घर पूर्ण रुपमा क्षती, ४३ घर आशिक क्षती, २ सय ३४ घर जोखिम तथा बिस्तापित, १५ बटा पुल, ६ बिद्यालय, १२ लघुजलबिद्युत आयोजनामा क्षती पुगेका लागि सवै क्षत्रका समस्या भएको जनमोर्चाले संकलन गरेको तथ्याङकमा उल्लेख गरिएको छ