
बागलुङ, १२ पुस । नेपाल पूर्वप्रहरी संगठन बागलुङको अध्यक्षमा पुनः टिका बहादुर कार्की चयन हुनुभएको छ ।
संगठनको शनिबार सम्पन्न १५ औं साधारणसभा तथा जिल्ला सम्मेलनले पूर्व प्रहरी नायव उपरीक्षक कार्कीको अध्यक्षतामा २० सदस्यीय नयाँ समिति चयन गरेको हो । संगठनको वरिष्ठ उपाध्यक्षमा विकास खड्का, उपाध्यक्षमा प्रसाद शर्मा, सचिवमा रिर्पोट बहादुर जि.सी., सहसचिवमा राम बहादुर क्षेत्री, कोषाध्यक्षमा तेज बहादुर थापा र सहकोषाध्यक्षमा दल बहादुर बस्याल सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा लाल बहादुर के.सी., चन्द्र बहादुर थापा, सोम नारायण श्रेष्ठ, बेल बहादुर बोहरा, सरोज बगाले, कृष्ण बहादुर खत्री, प्रेमसिंह चर्मकार, धनराज शर्मा पौडेल, चनमती पुन, लक्ष्मी थापा, भिम बहादुर खत्री, प्रेम बहादुर खत्री र टिकाराम पाध्या सर्वसम्मत निर्वाचितभएको निर्वाचन समितिका संयोजक शिव बहादुर थापाले जानकारी दिनुभयो । उहाँले बाँकी सदस्य मनोनित गरिने बताउनुभयो ।
संगठनको साधारणसभाको उद्घाटन पछि बोल्दै पुर्व सहअनुसन्धान निर्देशक तथा संस्थाका सल्लाहकार भिम बहादुर थापाले समाज सेवामा बागलुङको पूर्वप्रहरी संगठनको सक्रियताको प्रशंसा गर्नुभएको थियो । उहाँले पूर्व प्रहरीहरुले सामाजिक विकासमा सहयोग गरिरहँदा प्रहरी संगठनप्रति विश्वास बढिरहेको बताउनुभयो ।
कार्यक्रममा संगठनका संगठनका केन्द्रिय प्रतिनिधी बिरसिंह घले, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक यमनारायण अर्याल, गल्कोट नगर अध्यक्ष बेल बहादुर बोहरा, बलेवा एकाई समिति अध्यक्ष राम प्रसाद सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल पूर्वप्रहरी संगठन बागलुङका अध्यक्ष पूर्व प्रहरी नायव उपरीक्षक टिका बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ण उपाध्यक्ष विकास खड्काले स्वागत मन्तव्य र सचिव जित बहादुर कार्कीले संचालन गर्नुभएको थियो ।











