बागलुङमा जीपको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

बागलुङ, ३ पुस । बागलुङमा जीपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका–४ कुँडुलेस्थित बागलुङ–बेनी सडक खण्डमा बिहिबार जीपको ठक्करबाट काठेखोला गाउँपालिका–१ धैरेनीका शिवप्रसाद शर्माका छोरा पाँच वर्षीय सुर्य ढुङ्गानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमल जंग थापाले बताउनुभयो ।

बेनीबाट बागलुङ बजार तर्फ आउँदै गरेको ध १ च १३३६ नम्बरको पिकअप जीपले ठक्कर दिँदा पैदलयात्री ढुङ्गाना गम्भीर घाईते भएका थिए । ढुङ्गानालाई तत्काल उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा लगिएकोमा चिकित्सकले मृत्त घोषणा गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

पिकअप जिप र चालक पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङका २५ वर्षीय सुनिल नेपालीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको प्रनि थापाले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।