बागलुङ र रूकुम पूर्वको सीमानामा केन्द्रविन्दु बनाएर गयो भूकम्प

बागलुङ, १ असोज । पश्चिम नेपालमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको छ ।

बागलुङ र रूकुम पूर्वको सीमानामा केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि भदौ ६ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।