बागलुङमा घरको पहिलो तलाबाट खसेर बालक गम्भीर घाइते

सांकेतिक तस्विर

बागलुङ, ३० भदौ । बागलुङमा घरको पहिलो तलाबाट खसेर एक बालक गम्भीर घाइते भएका छन् ।

तनहुँ घर भई हाल बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आएका छबिलाल शर्माका ७ वर्षीय छोरा सचिन शर्मा आइतबार साँझ खेल्ने क्रममा दुई तले घरको पहिलो तलाबाट खस्दा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले बताउनुभयो । शर्मा सानीआमा अप्सरा मल्लसँगै डेरामा बस्दै आएका थिए ।

बालकको धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा प्राथमिक उपचारपछि पोखराको मणिपाल अस्पताल रिफर गरिएको प्रनि थापाले बताउनुभयो ।