
बागलुङ, २५ भदौ । बागलुङमा कर्फ्यु आदेश जारी गरिएको छ ।
जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले साँझ ६ बजेदेखि बिहिबार विहान ६ बजेसम्मको लागि कर्फ्यु आदेश जारी गर्नुभएको हो ।
प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले जिल्लाका विभिन्न स्थानमा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भइ शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम जिल्लाभर कर्फ्यु आदेश जारी गरिएको बताउनुभयो ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जारी आदेश उल्लंघन गर्ने वा नगर्ने/गराउने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिइएको छ ।
जिल्ला प्रशासन कार्यालयले बुधबार विहानदेखि ठूला बजार रहेका जिल्लाका चार पालिकामा निषेधाज्ञा जारी गरेको थियो ।









