
बागलुङ, २५ भदौ । जिल्ला प्रशासन कार्यालय बागलुङमा बागलुङमा निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले बुधबार (आज) विहान ९ बजेदेखि अर्को आदेश जारी नहुँदासम्मको लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको जनाउनुभएको छ ।
प्रजिअ गुरुङले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदाफा (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको बताउनुभएको छ । प्रजिअ गुरुङले जारी गरेको आदेश अनुसार बागलुङका चार पालिकाका बजारक्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
बागलुङ नगरपालिका वडा नं. १, २, ३ र ४ भित्रका सवै क्षेत्र, गलकोट नगरपालिकाको वडा नं. ३, ५ र ६ का सवै क्षेत्रहरु, जैमिनी नगरपालिकाको वडा नं १ को सवै क्षेत्र र ढोरपाटन नगरपालिकाको वडा नं. १, २ र ३ का सवै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रजिअ गुरुङले जानकारी दिनुभयो ।










