
काठमाडौँ, २३ भदौ । सोमबार देशका विभिन्न ठाउँमा भएको जेनजी प्रदर्शनबाट १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ ८ बजेसम्म देशभरिका विभिन्न अस्पतालबाट सङ्कलन गरेको तथ्यांक अनुसार जेनजी आन्दोलनबाट ४२२ जना घाइते हुनुका साथै १९ जनाको ज्यान गएको छ ।
सिभिल सेवा अस्पतालमा १७० जना घाइते उपचारत छन् भने तीनजनाको मृत्यु भएको छ । एभरेस्ट अस्पतालमा १०२ जना घाइते उपचारत छन् भने तीन जनाको मृत्यु भएको छ।
यस्तै, नेशनल ट्रमा सेन्टरमा आठजना घाइतेको मृत्यु भएको छ भने ५९ जना घाइते उपचाररत छन् ।
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा ३१ जना घाइतेमध्ये सात जनालाई डिस्चार्ज गरिएको छ भने दुई जनाको मृत्य भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १८ जना घाइते उपचारत छन् भने एक जनाको मृत्यु भएको छ ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना घाइते मध्ये दुईजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अन्य अस्पतालहरूमा पनि केही घाइतेहरू उपचाररत छन् भने केहीलाई डिस्चार्ज गरिएको छ। हालसम्म ४२२ घाइतेमध्ये १० जनालाई डिस्चार्ज गरिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।









