
बागलुङ, १६ भदौ । बागलुङ भेटान्सको आयोजनामा बागलुङमा सम्पन्न ३० बर्ष उमेर माथीका खेलाडिहरुको बिचमा भएको फुटसल प्रतियोगिताको उपाधि बागलुङ सुधार केन्द्र बिले जितेको छ ।
उमेर बढ्दै गएको अवस्थामा स्वास्थ्यलाई पनि खेलकुदको माध्यमबाट स्वस्थ राख्ने अभिप्रायले ३० बर्ष उमेर माथीका खेलाडिहरुको बिचमा आयोजना गरिएको फुटसल प्रतियोगिताको फाइनलमा बागलुङ सुधार केन्द्र एलाई पराजित गर्दै केन्द्रकै बि समुहले उपाधि जितेको होे ।
निर्धारित समयमा ४/४ गोल बरावरी भएपछि पुगेको पेनाल्टी सुट आउटमा बिले ए लाई १६ का बिरुद्ध १७ गोल गर्दै बिजयी भएको हो । यस अघि भएको सेमिफाइनलमा केन्द्रको ए समुहले मध्य नेपाल लम्जुङ र बि समुहले आयोजक बागलुङ भेटान्सलाई पराजित गरि फाइनल पुगेका थिए ।
बिजेता बनेको टिमले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उपबिजेता बनेको टिमले नगद २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको भेटान्सका सचिव दिपक थापाले जानकारी दिनुभयो । यसैगरि अनुशाषित टिम, उत्कृष्ट खेलाडि र सर्वाधिक गोलकर्ता र उत्कृष्ट किपरलाई पनि पुरस्कृत गरिएको थियो । १० टिमको सहभागी रहेको टुर्नामेन्टलाई लिग सिस्टममा खेलाईएको थियो ।
बिजेता, उपबिजेता, बिद्यागत उत्कृष्टलाई बानपा ३ का वडा अध्यक्ष सनि केसी लक्ष्मण, वडा सदस्य अर्जुन खड्का, धौलागिरि गण्डकी यातायात बस सेवा प्रालिका अध्यक्ष उमेश केसी, चिल्डे«न लाइफ बोडिङ स्कुलका प्रिन्सीपल नवराज श्रेष्ठ, पंगाली बेकरीका राजेश पौडेल भेटान्सका सल्लाहकार पवन पौडेलले पुरस्कार प्रदान गर्नु भएको थियो । कार्यक्रम बागलुङ भेटान्सका अध्यक्ष शिव खड्काको अध्यक्षता र पत्रकार ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।










