विद्यार्थी सवार भ्यान दुर्घटना, ७ जना घाईते

बागलुङ, ६ भदौ । बागलुङको गलकोट नगरपालिकामा विद्यार्थी सवार भ्यान दुर्घटना हुँदा चालकसहित सात जना घाईते भएका छन् ।

विद्यार्थी बोकेर हरिचौरबाट हटियातर्फ जाँदै गरेको गलकोट बहुमुखी क्याम्पसको इभी भ्यान शुक्रबार विहान गलकोट नगरपालिका–५ जोइकुटीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख प्रहरी निरीक्षक मनबहादुर कार्कीले बताउनुभयो । प्रनि कार्कीले दुर्घटनामा सवारी चालक गलकोट नगरपालिका वडा नं. १ का २५ वर्षीय मोहन सिंह सुनार, विद्यार्थीहरु वडा नं. ५ का १८ वर्षीया सुस्मीता विक, १८ वर्षीया प्रमिला विक, वडा नं. ११ का १८ वर्षीय जीवन खत्री, वडा नं. ८ का १८ वर्षीया मुना गौतम, १९ वर्षीया अनिता क्षेत्री र वडा नं. ९ का १८ वर्षीया सुनिा सापकोटा घाईते भएको बताउनुभयो ।

दुर्घटनामा घाइते भएका विद्यार्थीलाई उपचारका लागि गलकोट नगर अस्पताल पु¥याइएको प्रनि कार्कीले जानकारी दिनुभयो । घाईतेहरुको खुट्टा, हात, ढाँड र मुखमा चोट लागेको छ ।

भ्यान सडकदेखि ७ मिटल तल खसेको छ ।