
बागलुङ, १८ साउन । दलित युवा सञ्जाल बागलुङको अध्यक्षमा राहुल बोहोरा चयन हुनुभएको छ ।
सञ्जालको शनिबार सम्पन्न दोस्रो अधिवेशनले बोहोराको अध्यक्षतामा २९ सदस्य नयाँ समिति सर्वसम्मत चयन गरेको हो । सञ्जालको वरिष्ठ उपाध्यक्षमा रमेश बोसेल, महिला उपाध्यक्षमा सकुन्तला थापा, उपाध्यक्षमा गिता थापा किसान, हर्कबहादुर विक, प्रिया किसान, महासचिवमा हरि रुचाल, सचिवमा नगेन्द्र बोहोरा, सह सचिवमा कविन्द्र बोहोरा, कोषाध्यक्षमा शान्ता नेपाली, सहकोषाध्यक्षमा भुवन बोहोरा रहनुभएको छ ।
यस्तै सदस्यहरुमा केशव हरिजन, राजिव विक, रमेशराज मिजार, राजेश किसान, चन्द्र दर्जी, अमृत परियार, गणेश बहादुर विक, दिपक सार्की, प्रकाश किसान, प्रदिप नेपाली, ज्ञाम बहादुर किसान, विक्रम परियार, होम बोहोरा, देवी किसान, रमेश परियार, राजेन्द्र बोहोरा, शिव किसान, इन्द्र विक र रत्न सार्की सर्वसम्मत चयन हुनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका संसद गोविन्द बहादुर नेपालीले विश्वमा धेरै परिवर्तन भए पनि नेपालमा भने दलित वर्गले हरेक क्षेत्रमा विभेद भोगिरहेको बताउनुभयो । सीप र कामको आधारमा जात व्यवस्था कायम भएको इतिहास स्मरण गर्दै संसद नेपालीले दलितहरुको सीप गैरदलितहरुमा हस्तान्तरण भएपनि दलितलाई गरिने विभेद भने कायम नै रहेको जिकिर गर्नुभयो । नेपालीले यसलाई अन्त्य गर्नका लागि समाजका सचेत वर्गहरुले भुमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका सदस्य दिलमाया पौवीले नेपालको दलीय राजनितिक विकासक्रम भन्दा पहिले नै भगत सर्वजितले शुरुले गरेको दलित आन्दोलनलाई राज्यले अहिले सम्म पनि सम्वोधन नगरेको बताउनुभयो । समाजमा अहिलेको अवस्थामा पनि जातीय आक्षेपमा मानव मानव वीचमा हुने छुवाछुत प्रथाले राज्यको निति नियम कार्यान्वयन गर्ने निकाय सम्वेदनशील नभएको स्पष्ट देखिएको दावी गर्नुभयो ।
कार्यक्रममा दलित सञ्जालका संरक्षक लक्ष्मण श्री, बागलुङ नगरपालिका २ का अध्यक्ष सुरज बोसेल, सञ्जालका महासचिव सिताराम रसाइली, दलित अधिकारकर्मी विर बहादुर किसान, दलित अधिकारकर्मी धनबहादुर परियार, दलित आयोगका पूर्व सदस्य लालबहादुर परियार, घुम्टे दलित सञ्जाल गल्कोटका अध्यक्ष ओमबहादुर सुनार लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्जालका कार्यवहाक अध्यक्ष रमेश बोसेलको अध्यक्षता, हरि रुचालको स्वागत र पत्रकार अनिश खातीको सञ्चालनमा सम्पन्न भएको थियो ।







