
कृष्ण संयोग
बागलुङ, १८ साउन । बागलुङमा यस वर्षपनि हरितालिका तीज मेला हुने भएको छ ।
गुठी युवा क्लब बागलुङले हिन्दुमहिलाहरुको महानचार्ड हरितालिका तीजको अवसरमा यस वर्षपनि मेला आयोजना गर्न लागेको जनाएको छ । क्लबले बागलुङ बजारमा दुइृ दिने तीज मेला गर्न लागेको क्लबका सचिव सुवास रुचालले बताउनुभयो । मेला भदौ ९ र १० गते हुने भएको छ ।
मेलामा अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता, घैटोफोर, स्लो बाइक रेश प्रतियोगिता र महिला समुहद्वारा मौलिक तीज गीत प्रदर्शन हुने सचिव रुचालले जानकारी दिए । मेलामा महिला दिदिबहिनी सम्मान, राष्ट्रिय तथा स्थानिय कलाकार सांगीतिक प्रस्तुति रहने जनाइएको छ ।
बागलुङ नगरपालिका वडा नं. ३ को कार्यालय, चिप्लेटी महिला समूह र गुठी आमा समूहको सह–आयोजना रहेका छन् ।








