
बागलुङ, ३ साउन । लामिचौर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको प्रथम साधारणसभा तथा प्रथम अधिवेशन शनिवार सम्पन्न भएको छ ।
अधिवेशनको उद्घाटनपछि बोल्दै गण्डकी प्रदशसभा सदस्य दिपेन्द्र थापाले लामिचौरमा डिलिङ प्रविधिबाट खानेपानी ल्याएर जनतालाई राहत मिलेको बताउनुभयो ।
नगरपालिकाले डिलिङ मार्फत ल्याएको खानेपानीले लामिचौरमा खुसीयाली ल्याएको बताउदै व्यवस्थित धारा र ट्याङकी निर्माणमा आवश्यक सहकार्य गर्ने बताउनुभयो । खानेपानीको कष्टकर समस्या अन्त्य भएकोमा स्थानीयमा खुसीको आँसु झरेको देखेको बताउदै आज आँसु र हाँसोको संयोगको दिन रहेको बताउनुभयो ।
२०८१ सालमा समाजसेवी टिकाराम थापाको नेतृत्वमा गठन भएको तदर्थ समितिलाई अधिवेशनद्वारा निर्वाचित गरिएको निर्वाचन अधिकृत राजु प्रसाद गौतमले बताउनुभयो ।
अधिवेशनले पुन टिकाराम थापाको अध्यक्षतामा नयाँ नेतृत्व गठन गरिएको थियो । समितिको उपाध्यक्षमा सम्मर बहादुर कार्की, सचिवमा गोविन्द प्रसाद गौतम, कोषाध्यक्षमा विना परियार निर्वाचित हुनुभएको छ । समितिको सदस्यहरुमा बल बहादुर दमै, गंगा कार्की, घनश्याम विक, तुलसी दमिनी, भिम बहादुर नेपाली, नानु नेपाली, रममाया नेपाली, सर्य बहादुर कार्की र गिता बिक रहनुभएको छ ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले बागलुङ नगरपालिकाको निरन्तरको पहल र कदम पछि लामिचौर दलितबस्तिमा एक घर एक धारा खानेपानी आएको बताउनुभयो । उहाँले खानेपानीको व्यवस्थित कार्यालय बनाउन सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा बानपा–८ का वडा अध्यक्ष छम बहादुर कार्की, यज्ञराज गौतम, गोविन्द कार्की, चन्द्रमणी गौतम, ज्योती नेपाली र गोविन्द प्रसाद गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा लामिचौर खानेपानी संस्थाका संस्थापक अध्यक्ष टिकाराम थापाले दलित बस्तीमा खानेपानी ल्याउनका लागि सहयोग सद्भाव प्रतिआभार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अधिवक्ता राजु प्रसाद गौतम, पत्रकार सुवास गौतम, विशाल परियार र प्राविधिक टेक बहादुर थापालाई सम्मान तथा खानेपानी आयोजना पुरा गर्न सहयोग गर्नेहरू चित्र बहादुर कार्की, बम बहादुर कार्की, हर्क बहादुर कार्की र कोपिला थापालाई सम्मान गरिएको थियो । खानेपानीका लागि अहोरात्र खटिने संस्थापक अध्यक्ष टिकाराम थापालाई स्थानीयले नागरिक अभिनन्दन गरिएको थियो ।
अधिवेशनमा प्रगति प्रतिवेदन सचिव रूद्रा बहादुर कार्की र आर्थिक प्िवेदन विना परियार, स्वागत सम्मर बहादुर कार्की तथा भद्र बहादुर कार्कीको सन्चालनमा सम्पन्न भएको थियो ।









