तंग्राममा टिपर दुर्घटना हुँदा तीन जना घाईते

बागलुङ, जेठ २९ गते । बागलुङमा टिपर दुर्घटना हुँदा तीन जना घाईते भएका छन् ।

बिहिबार साँझ बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर २ अक्षेतेदेखि वडा नम्बर ४ तंग्राम जाँदै गरेको लुम्बेनी प्रदेश ०१–००१ क ००२५६ नम्बरको टिपर वडा नम्बर ४ तंग्रामकोे भित्रि सडक खण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाईते हुनेहरुमा टिपर चालक जिल्ला दाङ लमही नगरपालिका वडा नं. ७ देउखरी बस्ने २७ वर्षीय इन्द्र बहादुर पुन, काठेखोला गाउँपालिका वडा नं. ४ की ५० वर्षीया कमला थापा र ४१ वर्षीया मायाकुमारी सुनार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो । पुन र थापाको धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचार भइरहेको छभने सुनारलाई थप उपचारको लागि पोखराको फेवासिटी अस्पताल रिफर गरिएको प्रनि थापाले बताउनुभयो ।

घाईते पुनको हातमा चोट लागेको छभने थापाको टाउको र हातमा र सुनारको डाढमा चोट लागेको धौलागिरी प्रादेशिक अस्पताल बागलुङले जनाएको छ ।

टिपर सडकदेखि २० मिटर तल खसेको छ । बालुवा लोड गरेको टिपर सडकको छेउ भासिदा दुर्घटना हुन पुगेको प्रनि थापाले जानकारी दिनुभयो ।