निसीखोला र ढोरपाटनका शिक्षकलाई शिक्षण सिकाई युनिट तयारी कार्यशाला

बागलुङ, ५ जेठ । बागलुङका शिक्षकहरुसँग संरक्षण शिक्षामा आधारित शिक्षण सिकाई युनिट तयारी सम्बन्धी कार्यशाला गरिएको छ ।

विवाईसी बागलुङले संचालन गरेको दिगो पर्यटन प्रवद्र्धन परियोजना अन्तरगत आईतबार निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका विद्यालयका शिक्षकलाई शिक्षण सिकाई युनिट तयारी सम्बन्धी जानकारी गराइएको हो ।

कार्यशालामा सिटिइभिटी गण्डकी प्रदेशका उपनिर्देशक जीवन भण्डारीले हरित शिक्षा सम्बन्धी र आईओएफ टियुका सहायक प्रोफेसर विकास अधिकारीले वातावरणीय शिक्षाको शिक्षण एकाई सम्बन्धी सहजिकरण गर्नुभएको थियो ।

गोष्ठीको उद्घाटन सत्रमा ढोरपाटन नगरपालिकाका शिक्षा अधिकृत गणेश बहादुर रावल, दिगो पर्यटन प्रबद्र्धन परियोजनाका टिम लिडर अमर थापा, कार्यक्रम संयोजक उत्तम अर्यालले बोल्नुभएको थियो । कार्यक्रमको संचालन अनुगमन अधिकृत विष्णु पौडेलले गर्नुभएको थियो ।

कार्यशालामा ढोरपाटन र निसीखोलाका १२ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकहरुको सहभागीता रहेको थियो ।

टिडिएच जर्मिनीको आर्थिक सहयोगमा विवाईसी बागलुङबाट बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा परियोजना संचालन भइरहेको छ ।