
बागलुङ, २४ वैशाख । बागलुङमा घरको झ्यालबाट खसेर एक वृद्धको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका वडा नं. ४ श्रीनगरटोलमा बुधबार विहान घरको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
जिप्रका बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले बुधबार विहान पक्की घरको तेस्रो तलाबाट खसेर खड्काको मृत्यु भएको बताउनुभयो । खड्का सुतिरहेको कोठाको झ्यालबाट सडकमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । खड्काको शव क्षतविक्षत अवस्थामा प्रहरीले अस्पताल लगेको थियो ।
आल्मुनियमको झ्यालमा ग्रिल नभएकाले झ्यालबाट खसेको प्रहरीको भनाई छ । शवको पोष्टमार्टमका लागि धौलागिरी प्रादेशिक अस्पताल बगालुङमा राखिएको एसपि भारतीले बताउनुभयो ।








