बागलुङका प्रहरी प्रमुख कंडेलको सरुवा, भारती आउने

बागलुङ, १६ वैशाख । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कंडेलको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गर्दै ६३ जना एसपीको सरुवा गरेको हो । सरुवा सूची अनुसार एसपि कंडेलको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखा धनगढी, कैलाली (काजः नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल, काठमाडौं)मा सरुवा भएको छ ।

बागलुङमा नयाँ प्रमुखको रुपमा एसपि तिलक भारती आउनुहुने भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखा सुर्खेतमा रहनुभएका भारतीको जिल्ला प्रहरी कार्यालय बागलुङमा सरुवा भएको हो ।