
बागलुङ, १५ वैशाख । इलाका प्रहरी कार्यालय बुर्तिबाङमा कार्यरत प्रहरी निरीक्षक आनन्द बस्नतेलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको छ ।
कार्य सम्पादनको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङले बस्नेतलाई चैत महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
बस्नेत नेतृत्वको टोलीले गत चैत १५ गते ढोरपाटन नगरपालिका वडा नं. ४ भूमेथान भन्ने स्थानमा रहेको सारदी सामुदायिक वनमा भएको आगलागी नियन्त्रण गर्नुका साथै आगजनी गर्ने व्यक्तिलाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कंडेलले इन्सपेक्टर बस्नेतले सारदी सामुदायिक वनमा आगलागी हुँदा तत्काल घटनास्थलमा पुगि स्थानीय र जनप्रतिनिधिको टोली सहित ठूलो क्षतिबिना आगलागी नियन्त्रण गरेको र आगजनी गर्ने व्यक्तिलाई सोही दिन नै कानुन बमोजिम पक्राउ गरेर प्रहरी संगठनको छवि उच्च राख्ने कार्य गरेको भन्दै चैत महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको बताउनुभएको छ ।









