
बागलुङ, १३ वैशाख । बागलुङको निसीखोला गाउँपालिकामा रोकि राखेको डोजरमा आगजनी भएको छ ।
निसीखोला गाउँपालिका वडा नं. ५ काफलठुँटामा पार्किङ्ग गरेर राखिएको प्रदेश २–८३–०८१ क १६९८ नम्बरको डोजरमा शुक्रबार राती साढे १० बजेको समयमा अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ । डोजर ढोरपाटन नगरपालिका वडा नं. ५ का भिम गौतमको रहेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नतेले जानकारी दिनुभयो ।
आगलागीबाट डोजरमा पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो । बायखोला–झिम्पा–निसी सडकको काम गरि रहेको डोजरमा आगलागी भएपछि कामसमेत प्रभावित भएको छ ।
आगलागीबाट डोजरको सिसा, रबर लगायत अधिकांश भाग जलेको छ । डोजरमा कसले किन अगाजनी ग¥यो भन्ने नखुलेको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ । आगजनी गर्नेको खोजी भइरहेको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो ।










