
बागलुङ, ५ बैशाख । म्याग्दीमा करेन्ट लागेर बागलुङका करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
घाँस काट्ने क्रममा करेन्ट लाग्दा बागलुङ नगरपालिका वडा नं. ४ ढोडेनी का १७ वर्षिय शिव थापा मगरको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो म्याग्दी जिल्ला बेनी नगरपालिका–१ बेलबाटे स्थित शिव मन्दिरको कम्पाउण्डमा रहेको काब्रोको रुखमा चढी घाँस काट्ने क्रममा घाँसको हाँगाले रुख नजिकै रहेको ३३ हजार के.बि. प्रसारण लाईनको नाङ्गो तारमा छुन जाँदा थापालाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।
करेन्ट लागेर गम्भिर घाईते भएका थापाको धवलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको डिएसपि यादवले बताउनुभयो ।