तमानखोलामा जीप दुर्घटना हुँदा १० जना घाईते

बागलुङ, १ बैशाख । बागलुङको तमानखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा १० जना घाईते भएका छन् ।

सोमबार दिउँसो तमानखोलाको बोङ्गादोभानबाट भएरकटेरी तर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बरको पिकअप जीप वडा नं. २ कटेरीमा दुर्घटना हुँदा दश जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपि) विजय यादवले जानकारी दिनुभयो । उहाँले जीपमा चालकसहित ११ जना सवार रहेको र दश जना घाईते भएको बताउनुभयो ।ईतेहरुको उद्धार गरी उपचारको लागि बुर्तिबाङ अस्पताल बागलुङ पठाएको छ । घाइतेहरुको नामावली खुल्न बाँकी रहेको डिएसपि यादवले बताउनुभयो ।

जीप उकालोमा ब्रेक फेल भई सडकमा नै पल्टिन गएको छ ।