
बागलुङ, ३१ चैत । काठेखोला गाउँपालिकाले १६ जना मौरी पालक कृषकलाई आधुनिक मौरीको घार वितरण गरेको छ । गाउँपालिकाले वडा नं. ५ बिहुँको बिहुँ आर्गनिक कृषि समुहका १६ जना मौरीपालक कृषकलाई आधुनिक घार वितरण गरको हो ।
काठेखोला गाउँपालिका वडा नं. ५ विहुँका वडाअध्यक्ष ज्ञामनाथ कंडेलले कृषि पकेट क्षेत्र कार्यक्रम अन्तरगत कृषकहरुलाई मौरीको घार र उपकरण वितरण गरिएको बताउनुभयो । वडा अध्यक्ष कंडेलका अनुसार आधुनिक घारबाट कृषकहरुले उत्पादनमा वृद्धि गर्नेमा विश्वास व्यक्त गर्नुभयो । ‘कृषकहरुको चाहना अनुरुप आधुनिक मौरीको घार उपलब्ध गराइएको हो,’ उहाँले भन्नुभयो,‘कृषकलाई आधुनिक घारबाट उत्पादन बढाउन सहज हुने अपेक्षा लिएका छौं ।’
गाउँपालिकाले कृषि पकेट क्षेत्र कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा पचास हजारका दरले कृषकहरुलाई मौरीको घार उपलब्ध गराएको कृषि शाखाका कर्मचारी अग्नी कंडेलले बताउनुभयो । उहाँले मह निकाल्ने, मौरीपालन कृषकले लगाउने टोपी लगायतका उपकरण समेत वितरण गरिएको बताउनुभयो ।
गाउँपालिकाले यसअघि अपाङ्ग भएका कृषकहरुलाई पनि अनुदानमा मौरीको घार वितरण तथा मौरी पालन सम्बन्धी तालिम संचालन गरेको थियो ।