
बागलुङ, १६ चैत । बागलुङ उद्योग वाणिज्य संघको १९ औं महाधिवेशनकोे निर्वाचनको मतदान शनिबार बिहानदेखि सुरु भएको छ ।
विहान ८ बजे बालमन्दिर प्रथामिक विद्यालयको प्राङ्गणमा मतदान सुरु भएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता भुमिश्वर गौतमले बताउनुभयो । उहाँका अनुसार शनिबार दिउँसो ५ बजेसम्म मतदान संचालन हुनेछ । शान्तिपूर्ण रुपमा मतदान सुरु भएको निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो ।
अध्यक्षको लागि एक, उद्योग सदस्यको लागि दुई, महिला सदस्यको लागि तीन र खुल्ला सदस्य १३ जनाको लागि निर्वाचन हुनेछ । संघमा एक हजार चार सय १६ जना मतदाताहरु रहेका छन् ।
बागलुङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि उमाकान्त शर्मा ‘बाबु’ र राजन कुमार शाक्यले प्यानल बनाएर उम्मेदवार बन्नु भएको छ । उम्मेदवारहरुले विहानैदेखि मतदातासँग निर्वाचनस्थलमा मत मागिरहेका छने । अध्यक्षका उम्मेदवार शर्मा र शाक्य दुवै जना नेपाली काँग्रेस निकट व्यवसायीहरु हुनुहुन्त । शाक्यको प्यानलमा काँग्रेससँगै नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, नेकपा मसाल निकट अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ, नयाँ शक्ति निकट समाजवादी उद्योग व्यापार संगठन र राप्रपा निकट व्यवसायीहरुको समर्थन रहेको छभने शर्माको प्यानलमा कांग्रेस निकट व्यवसायी र नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघका व्यवसायीहरुको समर्थन रहेको छ । शर्मा संघको पूर्व वरिष्ठ उपाध्यक्ष र शाक्य हाल संघको वरिष्ठ उध्यक्ष हुनुहुन्छ ।
अध्यक्षका प्रत्यासी शर्माको प्यानलबाट उद्योग सदस्यमा राम प्रसाद शर्मा र भुपेन्द्र खड्का, महिला सदस्यमा महिला सदस्यमा शर्माको प्यानलबाट सविता आचार्य, चादना श्रेष्ठ र कमला पराजुली रहनुभएको छ । त्यस्तै १३ जना खुल्ला सदस्यमा श्रीजय श्रेष्ठ, निलेश राजभण्डारी, राजेश भारी, दिपक हमाल, उमेश के.सी., गणेश लम्साल, शिवशंकर शाह, रमेश शर्मा, सुदिप सागर कंडेल, युवराज कंडेल, राजु गौतम, बद्रि ढुंगाना र हरि आचार्य रहनुभएको छ ।
त्यसैगरी शाक्यको प्यानलबाट उद्योग सदस्यमा चुडामणी सापकोटा र कृष्ण श्रेष्ठ, महिला सदस्यमा तुलसी देवी शर्मा, अर्चना पालिखे र श्रृजना राजभण्डारी श्रेष्ठ रहनुभएको छभने १३ जना खुल्ला सदस्यमा ऋषिराम गौतम, इन्द्रमणी पौडेल ‘अर्जुन’, नविन कुमार श्रेष्ठ, अर्जुन कंडेल, मनिष राजभण्डारी, चन्द्रराज रेग्मी, खिम कुमार श्रेष्ठ, गोकुल कंडेल, जिवननाथ शर्मा, विष्णु अधिकारी, महेन्द्र प्रसाद शर्मा, अकिल बहादुर क्षेत्री (ध्रुव) र नारायण सापकोटा रहनुभएको छ ।
निर्वाचित सदस्यहरु मध्येबाट बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, उप–महासचिव, सह–कोषाध्यक्ष पदमा पहिलो बैठकले पद बाँडफाँड गर्ने विधानमा रहेको छ ।









