
बागलुङ, २० फागुन । तेस्रो संस्करणको जेसीज कप फुटबल प्रतियोगितामा पर्पल हेज/एभिएम सेमिफाइनल प्रबेश गरेको छ ।
मंगलवार भएको खेलमा पर्पल हेजले बागलुङ एकता कल्बलाई ४–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
बागलुङ एकताले खेल १८ औं मिनेटमा सुशील थापाको गोलबाट अग्रता लिएपनि धेरै बेर जोगाउन सकेन ।
पर्पल हेजका अबिशेक महतोले खेलको ३१ औं मिनेटमा गोल गर्दै खेललाई बराबरिमा ल्याएभने ३३ औ मिनेटमा सुजाब बानियाँले गोल गर्दै अग्रता दिलाए । मिलन स्याङतानले खेलको ४२ औं र ५१ औं मिनेटमा गोल गर्दै पर्पल हेजलाई अन्तिम चारको स्थान पक्का गराए ।
बागलुङ जेसीजको आयोजनामा जारी प्रतियोगितामा बुधबार दुइ खेल हुने अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले बताउनुभयो । बुधबार पहिलो खेल गुठी युनाइटेड र म्याग्दी जिल्ला फुटबल संघ र दोस्रो खेल अमर आदर्श स्पोट्र्स क्लब र जिल्ला प्रहरी कार्यालय बागलुङ बिच हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
२४ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जेसीज बागलुङका अध्यक्ष श्रेष्ठले बताउनुभयो । यस्तै प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्भने अनुशासित टिमले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विधागत तर्फ प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षकले नगद ५–५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्भने प्लेयर अफदी म्याच हुने खेलाडीले १ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।