प्रगतिशिल लेखक संघ बागलुङको अध्यक्षमा राना

बागलुङ, १८ फागुन । प्रगतिशिल लेखक संघ बागलुङको अध्यक्षमा विजय राना सर्वसम्मत चयन भएका छन् । प्रलेस बागलुङको आइतबार सम्पन्न अधिवेशनले रानाको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

संघको उपाध्यक्षमा पूर्णपती कँडेल, सचिवमा विनोद प्रतिक, कोषाध्यक्षमा शर्मिला रोका र सह–सचिवमा सुरेश पुन चयन भएका छन् । समितिका सदस्यहरुमा खेमराज गौतम, केशवराज क्षेत्री, दिलीप प्रतेल र अनिस खाती चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष रानालाई निवर्तमान अध्यक्ष तारानाथ आचार्यले निर्णय पुस्तिका हस्तान्तरण गरेका थिए । वामपन्थी विचार बोक्ने लेखक तथा साहित्यकारहरुको साझा संस्था प्रलेसले वैचारिक गोष्ठी, सांगीतिक तथा साहित्यीक कार्यक्रमहरु गर्दै आएको छ ।