निसीखोलामा ट्रिपर दुर्घटनाः चालकको मृत्यु

बागलुङ, ३ फागुन । जिल्लाको निसीखोला गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

मध्यपहाडी लोकमार्गको रुकुम पूर्वबाट ढोरपाटन नगरपालिकाको बुर्तिङतर्फ आउँदै गरेको ग १ क ६१८९ को ट्रिपर शनिबार दिउँसो निसीखोला गाउँपालिका वडा नं. ६ लामिडाँडामा दुर्घटना हुँदा गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नं. ३ का अन्दाजी ४७ वर्षिय चालक कृष्ण कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त टि«पर सडकदेखी अन्दाजी २ सय मिटर तल खसको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा बताए । दुर्घटना भएको खबर पाएलगत्तै प्रहरी चौकी निसी र इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटनास्थलमा पुगेको थियो ।