आयोजक सिदार्थलाई उपाधि

बागलुङ, २५ माघ । आयोजक सिदार्थ शिक्षा सदन बागलुङले अन्तरविद्यालय स्तरीय कबड्डी प्रतियोगिताको उपाधि जितेको छ ।

विद्यालयको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेलमा चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुललाई पराजित गर्दै सिदार्थले उपाधि जितेको हो । विजेता सिदार्थले नगद १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्योभने उपविजेता चिल्ड्रेन लाईफले नगद ७ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको सिदार्थ शिक्षा सदनका प्रिन्सिपल भोजेन्द्र थापाले जानकारी दिनुभयो ।

बिहिबारबाट सुरु भएको प्रतियोगितामा १२ वटा विद्यालयले सहभागिता जनाएका थिए ।