पूर्वमन्त्री शर्माको निधन

बागलुङ, ८ माघ । पूर्व ऊर्जा राज्यमन्त्री, संविधान सभा सदस्य तथा बागलुङका बामपन्थी नेता रामजीप्रसाद शर्माको निधन भएको छ ।

उनको ६८ वर्षको उमेरमा भारतस्थित एक अस्पतालमा उपचारको क्रममा सोमवार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

मृगौलामा समस्या भएपछि शर्मा केही समयअघि उपचारका लागि भारत गएका थिए । मृगौला प्रत्यारोपण असफल भएपछि उनको निधन भएको हो । शर्मा बागलुङका पुराना बामपन्थी नेता हुन् ।

पछिल्लो समय उनी नेकपा एकिकृत समाजवादीमा क्रियाशिल थिए । उनी एकिकृत समाजवादी गण्डकी प्रदेश कमिटीका निवर्तमान अध्यक्ष तथा स्थायी समिति सदस्य हुन् ।