लायन्स र लियो सदस्यलाई उदघोषण कला तालिम

बागलुङ, ६ माघ । बागलुङमा लियो क्लबका सदस्यहरुलाई लक्षित गरि उद्घोषण कला तालिम संचालन गरिएको छ ।

लायन्स क्लब अफ धौलागिरी बागलुङ र लियो क्लब अफ धौलागिरी बागलुङको संयुक्त आयोजनामा शनिबार एक दिने उद्घोषण कला तालिम संचालन गरिएको हो ।

लायन्स र लियो क्लबका २० जना सदस्यहरुको उपस्थिति रहेको तालिममा व्यवहारिक र सिद्धान्तका विषयमा आधारित रही प्रशिक्षण दिइएको हो । तालिमको उद्घाटन समारोहमा बोल्दै लायन्स क्लबकी एम.जे.एफ. लायन्स पार्वति थापा क्षेत्रीले तालिममा सिकेका कुराहरु आफ्नो व्यक्तित्व विकासमा अपपिरहार्य रहेको बताउनुभयो ।

लायन्स क्लब अफ धौलागिरी बागलुङका अध्यक्ष लायन गणेश महतोको अध्यक्षता तथा प्रशिक्षणमा सम्पन्न तालिममा लियो जिल्ला परिषद ३२५ के नेपालका जिल्ला पि.आर.ओ. लियो प्रवेश पौडेलको स्वागत मन्तव्य र लियो क्लब अफ धौलागिरी बागलुङका प्रथम उपाध्यक्ष आश्मिन शेखले संचालन गर्नुभएको थियो ।