
बागलुङ, ५ माघ । बाङ्गेचौर खेल मैदानमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधिका लागि जिल्ला प्रहरी कार्यालय (डिपिओ) बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र भीड्ने भएका छन् ।
शुक्रबार सम्पन्न सेमिफाइनलका खेलमा प्रहरीले गुँरास गुठी युनाईटेड र संकल्प पुर्नस्थापना केन्द्रले प्रर्पल हेजलाई पराजित गर्दे फाइनलको यात्रा तय गरेका हुन् ।
शुक्रबार सम्पन्न पहिलो सेमीफाइनलमा खेलमा प्रहरीले गुठी युनाईटेडलाई २–१ गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । खेलमा गुठी युनाईटेले गोल गर्दै शुरुवाती अग्रता बनाए पनि प्रतियोगितामा प्रभावशाली खेल पस्केको प्रहरीले पुनरागमन जित निकालेको हो ।
खेलको दोस्रो हापमा गुठीका योगश गुरुङले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । गोल खाएपनि संयमित खेल खेलेको प्रहरीका लागि केशव बलामले २६ र रोशन छन्त्यालले ३२ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
यस्तै, शुक्रबारै सम्पन्न संकल्प पुर्नस्थापना केन्द्रविरुद्व सेमीफाइनलमा उत्रिएको प्रर्पल हेज ट्राइबेकरमा निराश हुन पुग्यो । प्रर्पल हेजका राजकुमार कुँवर र विशन गुरुङ पेनाल्टीमा गोल गर्न चुके ।
निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । संकल्पको जितका लागि मुकुन्द न्यौपाने, सुवास गुरुङ, भागवत चौधरी, मनिष गुरुङ र युनिस तामाङले गोल गर्दा राहुल गुरुङ भने गोल गर्न चुके ।
यस्तै, प्रर्पल हेजका लागि अजित गुरुङ, सुजल श्रेष्ठ, रोशन दोङ र अनुप रानाले मात्र गोल गरे । फाइनल खेल शनिबार हुने आयोजक बागलुङ एकता क्लबे जनाएको छ ।
प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ रुपैयाँ र ६६ हजार ६ सय ६६ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागलुङ एकता क्लबले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडीहरुलाई विधागत पुरस्कार प्राप्त गर्नेछन् ।