वसन्त सामाजिक उद्यमी महिला सहकारीको दशौं साधारणसभा सम्पन्न

बागलुङ, १४ पुष । वसन्त सामाजिक उद्यमी महिला सहकारी संस्था काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्रामको दशौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन पछि बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले सहकारीले शेयर सदस्यहरुलाई उद्यममा जोडेर स्वरोजगार बनाएको बताउनुभयो । उहाँले तंग्राममा बसन्तसहित दुई वटा सहकारीहरुले खसीबोका उत्पादन गरेर बागलुङ बजार र काठेखोला गाउँपालिका भित्र विक्री गरेर स्थानीयहरुलाई उत्पादनमा जोडिरहेको बताउनुभयो ।

अध्यक्ष थापाले काठेखोला दुध, आलु, मह, अलैची र सुन्तला खेतीमा पनि आत्मनिर्भर हुन लागेको बताउँदै समुह तथा सहकारीको माध्यमबाट नागरिकहरुलाई एकृकित गरी उत्पादनमा जोड्नु सुखद पहल भएको बताउनुभयो । अध्यक्ष थापाले काठेखोलाका नागरिकलाई स्वरोजगार गराउँदै उत्पादनमा जोडनको लागि गाउँपालिकाले अनुदान लगायतका कार्यक्रमहरु संचालन गरिरहेको बताउनुभयो ।

साधारणसभामा काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा, प्रवक्ता तथा कार्यपालिका सदस्य टिका संगम वि.क., विवाईसी, बागलुङका अध्यक्ष तोयानाथ गौतम, विवाईसी बागलुङ हेफर कार्यक्रमका संयोजक चुडामणी उपाध्याय, नेपाली काँग्रेस गण्डकी प्रदेश कमिटिका सदस्य टिकाराम पुन, नेकपा (एमाले) तंग्रामका अध्यक्ष बल बहादुर थापा, राष्ट्रिय जनमोर्चा तंग्रामका अध्यक्ष विष्णु कँडेल, नेपाल कम्युनिष्ट पार्टीका बागलुङ जिल्ला सदस्य नन्दराम थापा, काठेखोला–४ तंग्रामका वडा सदस्य सम्झना थापा, धारा माध्यमिक विद्यालय तंग्रामका प्रधानाध्यापक कमला थापा, साना किसान कृषि सहकारी संस्थाका उपाध्यक्ष ओम बहादुर पुन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभामा सहकारीका सचिव दिलमाया थापाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष राधिका थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।

सहकारीले साधारणसभाको अवसरमा महिला समुहहरु मध्य उत्कृष्ट काठेखोला–४ तंग्राम रानीकराङ स्थित नमुना महिला समुहलाई सम्मान गरेको थियो । यस्त उत्कृष्ट ऋण कारोबारकर्ता मायादेवी थापा, उत्कृष्ट नियमित बचतकर्ता खुमादेवी थापा र बालबचतकर्ता रुचित थापालाई सम्मान गरिएको थियो ।

सहकारीका अध्यक्ष लिलादेवी पुनको अध्यक्षतामा सम्पन्न साधारणसभामा लेखा समिति संयोजक सिर्जना गुरुङको स्वागत मन्तव्य र सचिव दिलमाया थापाको संचालनमा सम्पन्न भएको थियाे ।