नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्षमा बागलुङका श्रेष्ठ निर्वाचित

बागलुङ, ९ पुष । नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा बागलुङका सौरभ श्रेष्ठ निर्वाचित भएका छन् ।

इटहरीमा भएको नेपाल जेसिजको ५१ औ महाधिवेशनमा भएको निर्वाचनमा श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठ बागलुङ जेसीजका पूर्वअध्यक्ष समेत हुन् ।

चार जना राष्ट्रिय कार्यकारिणी उपाध्यक्षको लागि ८ जनाको उम्मेदवारी परेको थियो । श्रेष्ठले ६८३ मत प्राप्त गरी विजयी भएका हुन् । यस्तै गणेश सापकोटा, एलिना महर्जन र कृष्ण सापकोटा राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा विजयी भएका छन् ।

यस्तै नेपाल जेसीजको अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छिन् । थापाले ७६२ मत प्राप्त गरी विजयी भएकी हुन् । उनले जीवन कार्कीलाई पराजित गरिन । प्रत्याशि कार्कीले ४५३ मत प्राप्त गरे ।

यस्तै राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका सन्दिप खत्री निर्वाचित भएका छन् । खत्रीले सर्वाधिक मत १०६८ प्राप्त गरेर विजयी भएका हुन् । राष्ट्रिय उपाध्यक्षमा दिपक अधिकारी, धनराज कंडेल, सुजन थापाकाजी, संगम कार्की बबिता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्जवल काबरा, सुवास गौतम, राधव कोइराला र मनि प्रसाद अर्याल निर्वाचित भएका छन् ।

नेपाल जेसिजको महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार उद्घाटन गरेका थिए । सर्वसम्मत नेतृत्व चयनको प्रयास भएपनि सहमति जुट्न नसकेपछि सोमबार राति चुनावी प्रतिस्पर्धा भएको हो ।