प्रेस चौतारी बागलुङद्वारा दुई वटा कोषको घोषणा

बागलुङ, १६ मंसिर । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले २० औं स्थापना दिवसको अवसरमा दुई वटा कोषको घोषणा गरेको छ ।

प्रेस चौतारी बागलुङले आईतबार पत्रकार सम्मेलन गर्दै ‘प्रेस चौतारी संस्थागत कोष’ र प्रेस चौतारी कप कोष’को घोषणा गरेको हो । प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा गत वर्ष २०८० माघ १९ देखि २२ गतेसम्म सञ्चालन गरेको ‘प्रेस चौतारी कप–२०८०’ अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिताबाट खर्च कटाएर ७५÷७५ हजार राशिका २ वटा कोष स्थापना गरेको अध्यक्ष सिर्जना पन्तले जानकारी दिनुभयो ।

प्रेस चौतारी संस्थागत कोष मार्फत चौतारीले गर्ने कार्यक्रमहरुमा खर्च गर्ने र प्रेस चौतारी कप कोषबाट प्रत्येक वर्ष प्रतियोगिताहरु संचालन गरिने सचिव अर्जुन कार्कीले बताउनुभयो ।

पत्रकार सम्मेलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले चौतारीले प्रत्येक वर्ष रचनात्मक कार्य गर्दै पत्रकार उत्पादन गर्नको लागि तालिमहरु संचालन गरिरहेको बताउनुभएको थियो । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज तारानाथ आचार्य, गण्डकी प्रदेशका उपाध्यक्ष उमाकान्त शर्मा, प्रेस चौतारी बागलुङका सल्लाहकार रामकृष्ण बोहोरा, गण्डकी प्रदेशका सदस्य कृष्ण संयोग, प्रेस चौतारीका पूर्व केन्द्रिय सदस्य चन्द्र गणेश शर्मा, जिल्लाका पूर्वसदस्य खिम बहादुर कार्की, नेपाल प्रेस युनियन बागलुङका निवर्तमान सभापति प्रदिप पन्त, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका उपाध्यक्ष राम थापा (अविरल), जिल्ला अध्यक्ष थम्मन थापा, प्रगतिशिल पत्रकार संघका केन्द्रिय सचिव ताराप्रसाद शर्मा, प्रेस सेन्टर बागलुङका सचिव अनिष खाती, कान्तिपुर दैनिकका उपसम्पादक प्रकाश बराल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङकी अध्यक्ष सिर्जना पन्तको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलन तथा कोष घोषणा कार्यक्रमको संचालन सचिव अर्जुन कार्कीले गर्नुभएको थियो ।