बागलुङ, २५ कार्तिक । लायन्स क्लब डिष्ट्रिक ३२५ जे नेपालको दोश्रो क्याबिनेट बैठक बागलुङमा हुने भएको छ ।
लायन्स क्लब डिष्ट्रिक ३२५ जेले शनिबार पत्रकार सम्मेलन गरी कार्तिक ३१ र मंसिर १ गते बागलुङमा दोस्रो क्याविनेट बैठक गर्न लागेको जनाएको हो । बागलुङको पर्यटकीय विकास र यहाँको धार्मिक तथा सांस्कृतिक क्षेत्रको प्रचारप्रसार गर्नको लागि बैठक उपयोगी हुने प्रसारप्रसार संयोजक गणेशराज लम्सालले जानकारी दिनुभयो । ‘पर्यटकीय र धार्मिक सम्पदाहरुको धनी जिल्लाको रुपमा बागलुङको चिनारी रहेको छ,’ लम्सालले भन्नुभयो,‘क्याविनेट बैठकले बागलुङ जिल्ला लगायत धौलागिरि एरियाको चिनारीलाई नेपाल र विश्वभर कायम गर्ने विकास लिएका छौं ।’
बैठकमा भाग लिन देशभरका १ हजार बढी लायन्स सदस्यहरु सहभागि हुनेछन् । प्रचारप्रसार समिति संयोजक लम्सालले काठमाडौं, पोखरा, नुवाकोट, गोरखा र पर्वतका साथै बागलुङ जिल्लाका लायन्स सदस्यहरुले बैठकमा भाग लिने बताउनुभयो । उहाँले बैठकमा भाग लिनको लागि रजिष्ट्रेशन भर्ने काम भइरहेको बताउँदै बैठकमा आउने सदस्यहरुलाई बागलुङका पर्यटकीयस्थलहरुको जानकारी गराउनुका साथै भ्रमणको लागि निम्तो दिइने बताउनुभयो ।
त्यस बाहेक बैठकले बागलुङ घुम्ने सन्देश दिने, जिल्लाका १० वटै पालिकाका धार्मिक, प्राकृतिक, सास्कृतिक र पर्यटकीय सम्पदाको प्रचार प्रसार गरिने बताइएको छ । युवाहरुको नेतृत्वदायी क्षमताको बिकास सँगै अर्थतन्त्रमापनि सहयोग मिल्ने विश्वास समेत लिइएको छ ।
बैठकको लागि २० सदस्य मुल समिति र १२ वटा उपसमिति गठन गरिउको छ । एरिया मेन्टर नरेश कंडेलले बैठक अगाडी बागलुङ बजारमा स्थानीय झाँकी प्रदर्शनी गरिनुका साथै बागलुङ जिल्लाका १० वटा स्थानीय तहका पर्यटकीय स्थलहरुको जानकारी समेटिएको स्मारिका प्रकाशित गरिने बताउनुभयो । कंडेलले १५ लाख रुपैयाँ खर्च हुने र १९ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको बताउनुभयो । उहाँले रजिष्ट्रेशन शुल्क र स्मारिकामा विज्ञापनबाट आम्दानी गरिने जनाउनुभयो ।
लायन्स डिष्ट्रिक ३२५ जेकी गर्भनर मिलन थापाले बैठकले आन्तरिक पर्यटन प्रबद्र्धनमा सहयोग पु¥याउने बताउनुभयो । उहाँले लायन्सले सामाजिक सेवामा कार्य गरिरहेको बताउँदै सामाजिक, शैक्षिक, गरिवहरुलाई स्वरोजगार बनाउने कार्यमा लायन्सले काम गरिरहेको बताउनुभयो ।
गर्भनर थापाले लायन्सले भूकम्पपछि पुनर्निर्माणमा सहयोग गर्नुका साथै बाढीपहिरो लगायतका विपतमा समेत पीडितहरुलाई राहत वितरण गर्दै आएको बताउनुभयो ।
नेपालमा रहेका बिभिन्न क्लब र डिस्ट्रिक मध्ये ३२५ जे अन्तरगत सयौं क्लबहरु मार्फत २ हजार १ सय ९१ जना भन्दा बढी सदस्य रहेका छन्भने धौलागिरी एरियामा मात्र २१ वटा क्लब रहेका छन् । क्लबले वार्षिक ४ वटा एरिया बैठक गर्दै आएको छ ।