बागलुङ, २४ असोज । भीमापोखरा कल्याण समाज बागलुङको चौथो बार्षिक साधारणसभा तथा दोस्रो अधिबेशन बिहिबारदेखि सुरु भएको छ ।
काठेखोला गाउँपालिका-२ भीमापोखरामा जन्मेर गाउँबाहिर रहेकाहरुलाई गोलबद्व गर्ने र भीमापोखरामा र स्थानियलाई दुखको सारथि बन्ने उदेश्यले स्थापित समाजको साधारणसभाको उद्घाटन गर्दै समाजका सल्लाहकार डिल्लीराज गौतमले सामाजिक संघसंस्थाले दु:खमा परेकाहरुलाई सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले रोजगारी, ब्यबसाय तथा बिबिध कारणले गाउँदेखि बाहिर रहेकाहरुलाई एकताबद्व गर्न समाजले भुमिका खेलेको बताउनुभयो ।
कार्यक्रममा समाजका सल्लाहकार टिकाराम सापकोटा र अमर बहादुर थापाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
साधारणसभाको अबसरमा समुन्द्री सतहदेखी ५ हजार ४ सय ३८ मिटरको उचाईमा नृत्यको भिडियोग्राफी गरेर गिनिज बुक अफ दि वल्ड रेकर्डमा गराएका सोनाम केसीलाई समान गरिएको छ । भीमापोखराका स्थायी बासिन्दा केसीले बानपा-२ बागलुङमा फोटो स्टुडियो संचालन गर्दै आएका छन ।
साधारणसभामा संस्थाका सचिब डिल्लीराज उपाध्यायले प्रगती प्रतिबेदन र कोषाध्यक्ष राजु गौतमले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
समाजका अध्यक्ष टिका बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा स्वागत उपाध्यक्ष बल बहादुर भण्डारी र संचालन सचिब डिल्लीराज उपाध्यायले गर्नुभएको थियो ।
यस्तै बिहिबारदेखी समाजको दोस्रो अधिबेशन सुरु भएको छ । समाजले बिहिबार सदस्यता विवरण सार्वजनिक गरेको निर्वाचन समितिका संयोजक चन्द्रमणी उपाध्यायले बताउनुभयो । उहाँले कार्तिक ३ गतेसम्म निर्वाचन समयतालिका तोकिएको बताउनुभयो ।